सात देशबाट आउनेलाई भारतमा प्रतिबन्ध, नेपालतर्फ सतर्कता

काठमाडौं, २९ फागुन । भारतमा कोरोना भाइरसबाट बच्न अत्यावश्यक बाहेक अप्रिल १५ सम्मका सबै भिसा रद्द गरेको छ।

स्वास्थ्यमन्त्री डा। हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोनाको संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो । यो शुक्रबार मध्यरातबाट लागू हुनेछ ।

१५ फेब्रुअरीपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

तर कूटनीतिज्ञ, संयुक्त राष्ट्र तथा अन्तर्राष्ट्रिय संगठन, रोजगार र परियोजनामा काम गर्ने विदेशीहरूका भिसा भने कायम रहनेछन्।भारतको उत्तर प्रदेश राज्यमा कोरोना भाइरसको पहिलो संक्रमित व्यक्ति फेला परेको छ।

सीमा जोडिएको छिमेकी भारतको राज्यमा कोरोना संक्रमित देखिएका बेला नेपालतर्फ पनि सतर्कता अपनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here