काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउ निरन्तर बढ्दो क्रममा छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विनिमयदरका अनुसार पछिल्लो १५ दिनमा मात्रै अमेरिकी डलरको मूल्य ३ रुपैयाँ १६ पैसा बढ्यो ।
बैंकको अनुसार गत फेबु्रअरी २७ तारिखमा ११४ रुपैयाँ ९६ पैसा बिक्रीदर रहेको एक डलरको आजको खरिददर ११७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११८ रुपैयाँ १२ पैसा रहेको छ ।
यस्तै, आज युरो एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९१ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ८० पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ रुपैयाँ ९१ पैसा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ ।
र, युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३२ रुपैयाँ १६ पैसा रहेको छ ।
थप जानकारी तस्विरमाः