प्राइममा कैलाश विकास बैंक विलय, एकीकृत कारोबार शुरु

काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक विलय भएको छ। मर्जरपछि बिहीबार दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन्।

मर्जर पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि हुने छ । यस पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या १९९ हुनेछ ।

मर्जरपछि प्राइमको निक्षेप संकलन एक खर्ब ३० अर्ब रुपैयाँ र कर्जा लगानी एक खर्ब १५ अर्ब नाघ्ने छ।

प्राइम बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा रहेको छ भने ‘ख’ वर्गको वित्तीय संस्था कैलाश विकास बैंकको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं।३२, न्यूप्लाजामा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here