१५ अप्रिलसम्म विदेशी खेलाडी बिनाको आइपीएल, सन्दिपको यात्रा के हुन्छ ?

काठमाडौ. । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने भन्दै भारतिय सरकारले १५ अप्रिलसम्म सबै विदेशी भिसा रद्द गर्ने निर्णयले आइपीएल इन्डियन प्रिमियर लिग (आइपीएल २०२०) पनि प्रभावित हुने भएको छ ।

शुक्रबार मध्यरातबाट लागू हुनेगरी भारत सरकारले कोरोना भाइरसको संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णयको प्रभाव आइपीएलमा पर्ने भएको हो ।

यो निर्णयसंगै अप्रिल १५ ताखिसम्मको आइपीएलमा कुैपनि विदेशी खेलाडी समावेश नहुने भएका छन् । पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ६० पुगेको छ । भारतमा बुधबार मात्रै १० नयाँ संक्रमित फेला परेका थिए ।

सन्दिपको यात्रा के हुन्छ ?

नेपाली लेग स्पिनर सन्दिप लामिछाने पनि आइपीएलमा दिल्ली क्यापिटलबाट खेल्दै छन् ।

नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि यस विषयमा भने कुनै जानकारी आएको छैन् ।

मार्च २९ तारिखबाट सुरु हुने आइपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग र मुम्बई इन्डियन्स भिड्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here