शेयर बजार पुन ओरालोतर्फ, नेप्से ४६ अंकले घट्दा २ अर्ब २० करोडको कारोबार

काठमाडौं, २८ फागुन । बुधबार केही सुधार देखिएको शेयर बजार बिहीबार पुन ओरालो लाग्योे । बिहीबार नेप्से परिसूचक ४५.९१ अंकले घटेर १ हजार ३ सय ७७.१८ अंकमा झरेको छ । यो संख्या बुधबारको तुलनामा ३.२३ प्रतिशत कम हो ।

आज ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स ९.१९ अंकले घटेर २ सय ९५.५० अंकमा झरेको छ । यो संख्या अघिल्लो दिनको तुलनामा ३.०२ प्रतिशत कम हो ।

बिहीबार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक ५.३२ प्रतिशत घट्यो ।

त्यस्तै, निर्जीवन बिमाको ५.०१ प्रतिशत, लघुवित्तको ३.८६ प्रतिशत, जलविद्युत समुहको ३.२५ प्रतिशत, बैकिङ्ग समुहको ३.२३ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

बिहीबार कारोबारमा भने कमी आएन् । आज १ सय ८२ कम्पनीको ५६ लाख ८६ हजार ६ सय ८१ कित्ता शेयर २३ हजार २ सय ५ पटक किनबेच हुँदा २ अर्ब २० करोड ६६ लाख ६२ हजार १ सय ८२ रुपैयाँ बराबरको कारोबार भयो ।

बिहीबार सबैभन्दा धेरै श्री इन्भेस्टमेन्ट फाइनान्सका शेयर धनीले कमाए । फाइनान्सको शेयर मूल्य २.४८ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयर धनी छन् । स्वाभिमानको शेयर मूल्य १० प्रतिशत घट्यो । त्यस्तै, रिडी विद्युत कम्पनीको ९.५२ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.२७ प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १९ करोड ८२ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here