कोरोना आशंकामा ६ जना टेकु र पाटन अस्पतालमा

काठमाडौं । कोरोना भाइरसको आशंकामा राजधानीका दुई अस्पतालको आइसोलेसन बार्डमा ६ जना नेपालीलाई राखिएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रालय भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताए ।

यसका साथै विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here