कोरोना त्रासः क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

काठमाडौं । कोरोना संक्रमणको आशंकामा चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।

इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् ।

इटालियन सिरी ए फुटबल सहति अन्य खेलहरु पनि अप्रिल ३ सम्म स्थगित गरिएका छन् ।

इटालीमा चीनपछि धेरै मानिसको मृत्यु भएको छ । सरकारले किराना र औषधि पसलबाहेक सबै बन्द गर्न निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here