नेपालमा ‘पब्जी’ प्रतिबन्ध

रक्षा रेग्मी

काठमाडौं,२८ चैत । सरकारले बिहीबार देखि अनलाइन गेम प्लेअर अननन्स व्याटल व्यागराउन्ड्स ‘पब्जी’खेलमा प्रतिबन्ध लगाएको छ ।

पब्जी खेलले आत्महत्या तथा विभिन्न प्रकारका मानसिक रोग निम्त्याएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुलाई बन्द गर्न निर्देशन दिएको दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन् । पब्जी इन्टरनेटमा खेलिने भिडियो गेम हो ।

पछिल्लो समय अन्य देशमा जस्तै नेपालमा पनि पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आउन थालेको थियो ।

दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले सो खेलको उत्पादन गरेको हो ।

यो एक जना मात्र, २ जना वा ४ जनाको समुह बनाएर पनि खेल्न सकिन्छ । मोवाइल र ल्यापटपमा खेल्नका लागि छुटुटाछुटुटै भर्सन छ । नेपालीहरुले प्राय मोबाइल भर्सनमा खेल्ने गरेका छन् ।

जापानी फिल्म ‘ब्याटल रोयल’बाट प्रभावित भएर यो खेल उत्पादन गरिएको हो । पब्जी २०१७ मार्चबाट विश्वभर खेल्न मिल्ने गरी रिलिज गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here