चीनमा कोरोना महामारी समाप्त, सिनजियाङमा रेलसेवा सुरु

काठमाडौं, २९ फागुन । चीनले कोरोना भाइरसको महामारी समाप्त भएको घोषणा गरेको छ ।

बिहीबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम मन्द भएपछि यस्तो घोषणा गरेका हुन् ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ ।

चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । त्यस्तै उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः सुरु भएको छ।

चीनको हुबे प्रान्तमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा रेल तथा अन्य यातायात सेवा बन्द गरिएका थिए।

सिनजियाङको राजधानी उरुम्की र सिनजियाङकै हमी, तुर्पान र होर्गोस जोड्ने तिब्र गतिको बुलेट ट्रेनको सेवा बुधबारदेखि सुरु भएको रेल अधिकारीहरुले बताएका छन्। चाइना रेलवेका अनुसार अरु कम गतिका रेलहरुको सेवा पनि चाँडै सुरु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here