सशस्त्र प्रहरीद्धारा दोधारा-चाँदनीको सीमा क्षेत्रमा अवैैध माछा बरामद

पप्पु गुरुङ्ग

दोधारा,२९ फागुन । माहाकालीको नेपाल–भारत सीमा क्षेत्रबाट भन्सार छलेर नेपाल भित्राउँदै गरेको माछा सशस्त्र प्रहरीले नष्ट गरेको छ् ।

माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सीमा क्षेत्र नजिक भारतिय नागरिकले भित्र्याउदै गरेको झण्डै डेढ कुन्टल माछा बरामद गरि स्थानिय र सरोकावालाको रोहवरमा खाल्डोमा हालेर नष्ट गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीले जनाएका छन् ।

अपरान्ह सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक राम सिंह भण्डारीको कमाण्डमा गएको गस्ती टोलीले माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगर, नेपाल–भारत सिमा क्षेत्रमा अबैधरुपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा झण्डै डेढ कुन्टल बिभिन्न जातका माछा बरामद गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

सशस्त्र प्रहरीको टोलीलाई देखेर भारतिय नागरिक माछा छाडेर भागेको बताईएको छ् । माहाकाली नगरपालिका वडा नं.३ का वडा अध्यक्ष पुष्कर सिंह जोशी, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजाली, बाबाथान बजार ब्यवस्थापन समितिका अध्यक्ष संदिप उपाध्याय लगाएत पत्रकार, स्थानियहरु रोहवरमा डेढ कुन्टल माछालाई नष्ट गरिएको हो ।

उक्त बर्फमा राखिएको सडेका थालेका पंकज, रहुँ र महासिर जातका माछा रहेको बताईएको छ् । माहाकाली नगरपालिकामा बिभिन्न समयमा लाग्दै आएका हाट बजारमा बिक्रिको लागी ल्याईको बताईएको छ ।

सडे गलेका माछाले सर्बसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुदा भन्सार छलेर ल्याएको माछालाई बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले बताएका छन् । उक्त बरामद माछाको बजार मुल्य रु। ५२ हजार ५ सय रहेको आंकलन गरिएको छ् ।

बिश्व ब्यापीरुपमा देखिएको कोरोना भाइरसको कारण समेत माहाकाली नगरपालिकाको नेपाल–भारत खुला सिमा क्षेत्रमा माछा, कुखुरा तथा पशुपन्छीजन्य बस्तुमा आयात, निर्यातमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई गर्दै आएको छ् ।

भारतबाट अबैधरुपमा भित्रिने नैनी, रोहु, मंगुर माछा बजारमा देखिदै आएको हुदा माहाकाली नगरपालिकाको नेपाल–भारत सिमा क्षेत्रमा कडाई गरिएको सशस्त्र प्रहरी श्रोतको दाबी छ् । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीमा प्रहरी निरिक्षक राम सिंह भण्डारीको आगमन पछि सीमा सुरक्षा मजबुत बनेको स्थानियहरुको भनाई रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here