मौसम बद्ली: चट्याङसहित हावाहुरीको सम्भावना,सतर्क रहन आग्रह

काठमाडौं, ३० फागुन । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान् महाशाखाको अनुसार दुईदिन हावाहुरी र वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको ले जनाएको छ ।

शनिबार पनि देशभर बादल लागेर पानी पर्ने र पर्सीदेखि मौसम विस्तारै खुल्दै जाने माहाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ३० गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०१ गते (शनिबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०२ गते (आईतबार)

दिउँसोः देशका अधिकांश भू-भागमा आन्शिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पहाडी भू-भागमा आन्शिक देखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

पश्चिमी भू-भाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here