एकैदिन तीन हजार रुपैयाँ घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं, २९ फागुन । शुक्रबार एकैदिन सुनको मूल्य तीन हजार रुपैयाँ घटेको छ ।

बिहिबार प्रतितोला ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ३००० रुपैयाँ घट्दै प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार तेजावी सुनको मूल्य पनि प्रतितोला ३००० रुपैयाँ नै घट्यो । बिहिबार प्रतितोला ८१ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रबार ३००० रुपैयाँ घट्दै प्रतितोला ७८ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँन् घट्यो ।

बिहिबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ४० रुपैयाँ घट्दै प्रतितोला ८ सय २० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here