डलरको भाउ बढ्यो, अहिलेसम्मकै महँगो

काठमाडौं । अमेरिकी डलर अहिलेसम्मकै महँगो कायम भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय १९ रुपैयाँ ४ पैसा तोकिएको छ ।

बिहीबार १ अमेरिकी डलरको बिक्रीदर एक सय १८ रुपैयाँ १२ पैसा रहेकोमा शुक्रबार ९२ पैसा बढ्दै डलरको मूल्य १९ रुपैयाँ ४ पैसा कायम भएको हो ।

यसका साथै, बैंकको अनुसार एक अमेरिकी डलरको खरिद दर शुक्रबार एक सय १८ रुपैयाँ ४४ पैसा पुगेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसंगै अर्थबजारमा अस्थिरता सिर्जना भएको कारण अमेरिकी डलरको भाउ बढेको विज्ञहरुले बताएका छन् ।

डलरको भाउ अझै बढ्ने अनु्मान गरिएको छ ।

यस्तो अन्य देशको विनीमय दरः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here