कोरोनासँगै पश्चिमा मुलुकमा फैलिदै ‘नमस्ते संस्कार’

काठमाडौं । कोरोना भाइरसको संक्रमणको खतराका कारण विश्वभर मानिसहरुको अभिवादन गर्ने तरिका फेरिन थालेको छ ।

विश्वमा फैलिरहेको कोरोना भाइरसको कारण हात मिलाएर अभिवादन गर्ने पश्चिमा नेताहरु एकाएक नमस्ते गर्न थालेका छन्।

हात मिलाउनु, अंकमाल गर्नु र चुम्बन गर्नु पश्चिमा मुलुकको संस्कार हो। पश्चिममा कसैसँग भेट्दा, सम्मान र आदर प्रकट गर्न हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने गरिन्छ।

तर कोरोनाको त्राससँगै पछिल्लो समय पश्चिमा मुलुकमा पूर्वेली समाजको ‘नमस्ते संस्कार’ स्थापित हुँदै गएको देखिएको छ।

यतिबेला पश्चिम मुलका देशहरुले हात मिलाउने, अंकमाल गर्ने र चुम्बन गर्ने संस्कारलाई तत्कालका लागि रोकेका छन्।

मानिसहरु अब आफ्नो पारम्पारिक स्वागतको तरिका छोडेर नमस्ते गरिरहेका छन् । यसको असर आम मानिसहरुमा मात्रै होइन, विभिन्न मुलुकका राष्ट्राध्यक्षहरुमा पनि देखिएको छ ।

बिहीबार अमेरकी राष्ट्रपति डोनान्ड ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियो वराडकरले नमस्ते गरेर अभिवादन गरे ।

ट्रम्प र आयरल्याण्डका प्रधानमन्त्री लियोका व्हाइट हाउसमा पत्रकार सम्मेलन भएको थियो । ज पत्रकारले हात मिलाउनेबारे प्रश्न गरे तब लियो र ट्रम्प दुवैले हात जोडेर नमस्ते गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here