श्रृंखला खतिवडा रियालिटी शो ‘द लिडर’ मा निर्णायक

काठमाडौं । रियालिटी शो ‘द लिडर’ मा मिस नेपाल शृंखला खतिवडा पनि जोडिने भएकी छिन् ।

खतिवडाले निर्णायकको भूमिकामा ‘द लिडर’ मा आउने लागेको सामाजिक संजाल मार्फत उल्लेख गरेकी छिन् । कार्यक्रममा अब पूर्वडिआजी रमेश खरेलसँगै खतिवडा थपिएकी हुन्।

उनले कार्यक्रमका लागि प्रतिस्पर्धीहरूको छनोट चरणमा काम गर्नेछिन्। इन्स्टाग्राममा लामो स्टाटस लेख्दै श्रृंखलाले यसबारे बताएकी हुन्।

खरेल र खतिवडा यस कार्यक्रमको अडिसन भर साथ रहनेछन् । सात प्रदेशमा हुन लागेको अडिसनमा यी दुईलेप्रतिस्पर्धीको छनोट गर्नेछन् । रवि लामिछाने सहित यी दुईका साथ हरेक प्रदेशबाट थप एक जना जज मिलेर प्रतिस्पर्धी छनोट गर्नेछन ।

रियालिटी शो ले साच्चै जन्माउला नयाँ लिडर ?

निर्याणक मण्डलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका नेता प्रदिप नेपाल तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहने छन् ।

सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ ।

‘द लिडर’ देश को सेवा गर्ने नेता छनोट गर्ने नेपाल को पहिलो रियालिटी शो हो । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here