आइपिएल स्थगित

काठमाडौं, ३० फागुन । इन्डियन प्रिमियर लिग (आइपिएल) १६ दिन पछि सारिएको छ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको बढ्दो प्रभावका कारण मार्च २९ देखि सुरु हुने तय भएको आइपिएल अब अप्रिल १५ बाट मात्र सुरु हुने भारतीय क्रिकेट बोर्डले निर्णय गरेको छ।

भारतीय सरकारले बिहीबार विभिन्न देशबाट आउने विदेशीलाई १५ अफ्रिलसम्मका लागि रोक लगाएको थियो ।

भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुली र आइपिएलका उच्च अधिकारीबीचको बैठकले भारतीय सरकारको सल्लाहमा तत्कालका लागि स्थगित गरेको बताएको छ।