भारतबाट आयात हुने मासुजन्य पदार्थमा रोक

पप्पु गुरुङ्ग

दोधारा, ३० फागुन । दोधारा । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाले भारतबाट आयत हुँदै आएको मासु तथा मासुजन्य पदार्थमा रोक लगाएको छ ।

माहाकाली नगरपालिका नेपाल–भारत खुला सिमा क्षेत्र रहेको हुँदा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन कुखुरा, माछा, बंगुर, अण्डा तथा मासुजन्य पदार्थमा पुर्ण रोक लगाईएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिए ।

माहाकाली नगरपालिका क्षेत्र खुला सीमा रहेको हुँदा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भारतबाट भित्रिदै आएको अबैध कुखुरा, माछा, बंगुर, अण्डा तथा मासुजन्य पदार्थमा पुर्णरुपमा रोक लगाएको माहाकाली नगरपालिका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताए ।

माहाकाली नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारको नगर प्रमुख स्तरिय बैठकमा कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणको उक्त निर्णय गरिएको माहाकाली नगरपालिका कार्यालयले जनाएको छ ।

‘हाल कोरोना भाइरसको बिश्वब्यापी संक्रमण देखिएकोले सो रोकथामका लागी यस माहाकाली नगरपालिका क्षेत्र भएर भारत आयात हुने कुखुरा, माछा, बंगुर, अण्डा तथा मासुजन्य पदार्थमा पुर्णरुपमा प्रतिबन्ध लगाउने सम्बन्धमा नगर प्रमुखस्तरिय निर्णय भएकोले उक्त कार्य नगर्न तथा नगराउन हुन सम्बन्धीत सबैको जानकारीका लागी यो सूचना जारी गरिएको छ ।

साथै उक्त मासुजन्य पदार्थ आयात गरेको पाईएमा प्रचलित मानुन अनुसार कार्वाही गरिने छ् ।’ माहाकाली नगरपालिका कार्यालयद्धारा जारी सूचनामा भनिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here