काठमाडौं, १ चैत । अमेरिकाले राष्ट्रिय संकटकाल घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमण लगातार बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राष्ट्रिय संकटकालको घोषणा गरेका हुन्।
संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ। साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ।