कोरोना भाइरसबाट भारतमा दुई जनाको मृत्यु

काठमाडौं, १ चैत । कोरोना भाइरसको संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

दिल्लीको आरएमएल अस्पतालले ती महिलालाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको छ। त्यसका अलवा ती महिला चिनी रोगबाट प्रभावित थिइन्।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षका पुरुषको ज्यान गएको थियो । उनी भारत‍मा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेका छन्। त्यसमध्ये १७ जना विदेशी रहेका छन्।