इटलीमा कोरानोबाट मर्नेको औसत उमेर ८१ वर्ष, ५० मुनीको मृत्युदर शून्य

काठमाडौं, १ चैत । इटालीमा कोरोना भाइरसका कारण ज्यान जानेको संख्या १२६६ पुगेको छ । शुक्रबार साँझसम्मको तथ्यांक अनुसार यस देशमा एकै दिन २ सय ५० जनाको ज्यान गयो ।

यो कारोना शुरु भएयता कै सर्वाधिक संख्या थियो । अर्थातः चीनमा समेत एकै दिन यति ठूलो संख्यामा मानिस मरेका थिएनन् ।

इटलीबाट प्रकाशित हुने एक मेडिकल जर्नलले सार्वजनिक गरेको तथ्यांक अनुसार इटलीमा कोरोराबाट ज्यान जाने व्यक्ति अधिकांश ८० वर्षभन्दा माथिका वृद्धवृद्धा रहेका छन् । यसरी मर्नेको औसतः उमेर नै ८१ वर्ष रहेको तथ्यांकमा देखाइएको छ ।

जर्नलले मार्च ११ सम्मका तथ्यांक यस रिपोर्टमा समेटेको छ । त्यस दिनसम्म इटलीमा ८२७ जना मानिस यस भाइरसको शिकार बनेका थिए । यो देश चीनपछि सर्वाधिक प्रभावित क्षेत्र हो । जर्नलका अनुसार इटलीमा ज्यान जाने मध्ये ४२.२ प्रतिशतको उमेर ८०–८९ वर्ष रहेको छ ।

७०–७९ वर्षसम्म उमेर भएका ३२.४ प्रतिशतको ज्यान गएको छ । ६०–६९ वर्षसम्म मात्र ८.४ प्रतिशतको ज्यान गएको देखिएको छ । ५०–५९ वर्षसम्मको उमेर समूहका मात्र २.८ प्रतिशत मानिसले ज्यान गुमाएका छन् ।

त्यो भन्दा कम उमेरका मानिसको ज्यान गएको देखिएको छैन । अर्थातः ५० वर्षभन्दा कम उमेरको एक जना पनि मानिसको ज्यान इटलीमा गएको छैन ।

इटलीमा मर्नेमध्ये पुरुष ८० प्रतिशत र महिला २० प्रतिशत छन् । यस देशमा कोरोनाबाट १७ हजार ६ सय ६० मानिस ग्रसित छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here