सार्क राष्ट्रहरूको भिडियो कन्फेन्स आइतबार

काठमाडौ, १ चैत । कोरोना भाइरसको जोखिम न्यूनीकरणमा सार्क राष्ट्रहरू एकजुट भएको सन्देश दिन भिडियो कन्फ्रेन्स हुने भएको छ ।

संक्रमणले विश्वव्यापी संकटको रुप लिइरहेका बेला सार्क राष्ट्रहरूले आइतबार साँझ सवा ५ बजे भिडियो कन्फेन्स गर्न लागेका हुन् ।

मोदीले शुक्रबार ट्विट गर्दै कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेताहरुले एक बलियो रणनीति बनाउनु पर्ने प्रस्ताव गरेका थिए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यसको स्वागत गरेका थिए। ट्वीटमार्फत् मोदीलाई जवाफ फर्काउँदै ओलीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए। नेपाल सार्कको अध्यक्ष राष्ट्र हो।

‘सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here