३६ जनामा देखियो डेंगीको संक्रमण, कसरी बच्ने ?

काठमाडौं । नेपालमा अहिलेसम्म ३६ जनामा डेंगीको संक्रमण देखिएको छ । रोग नियन्त्रण महाशाखाका अनुसार यो पछिल्लो दुई महिना भित्र देखिएको संक्रमण हो ।

महाशाखाको अनुसार प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको छ ।

कसरी बच्ने ?

डेंगीबाट बच्चनको लागि सबैभन्दा आवश्यक कुरा सरसफाइ हो । सरसफाइमा ध्यान दिन सकेमा मात्रैपनि धेरै मात्रामा डेंगीको संक्रमण कम हुने चिकीत्सकहरु बताउछन् ।

– लामखुट्टेको टोकाइबाट बच्ने
– घरवरपर पानी जम्ने खाल्डाखुल्डीहरु पुर्ने
– घर नजिक कुनै पनि झाडी नराख्ने
– लामखुट्टेको टोकाइबाट बच्न झूलको प्रयोग गर्ने वा लामखुट्टे धुप वा क्रिम प्रयोग गर्ने
– झ्याल ढोकामा जाली राख्ने
– शरीर पुरै ढाक्ने कपडा लगाउने
– सफाइमा ध्यान दिने

आर्थिक वर्ष २०७५/०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here