प्रधानमन्त्रीको ‘डिजे स्टेन्ट’ निकालिँदै, के हो ‘डिजे स्टेन्ट’ ?

काठमाडौं,२ चैत । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्य लाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ‘फलोअप’ स्वास्थ्य परीक्षण हुँदैछ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला फेर्ने क्रममा राखिएको डिजे स्टेन्ट (पाइप) निकाल्न अस्पताल पुगेका हुन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली शुक्रबार अस्पतालबाट ‘डिस्चार्ज’ भएका थिए ।

के हो डिजे स्टेन्ट ?

डिजे स्टेन्ट उपचार एक किसिमको उपचार पद्दति हो । मृगौला प्रत्यारोपण गरेपछि अवस्था हेरेर केहि हप्ता पिसाबलाई मृगौलाबाट मुत्रथैलीसम्म पास गराउनका डिजे स्टेन्ट (पाइप) राखिएको हुन्छ । जुन दुई देखि तीन हप्ता राखेपछि निकालिन्छ ।

प्रधानमन्त्री ओलीको गएको फागुन २१ गते मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी हुन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुले नियमित निगरानी गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here