कोटेश्वर-कलंकी सडकखण्डमा नयाँ नियम लागू

काडमाडौं, २ चैत । कलंकी-कोटेश्वर सडकखण्डमा ट्राफिक प्रहरीले नयाँ नियम लागू गरेको छ ।

८ लेन सडक खण्डमा यात्रुवाहक, मालवाहक र कम गतिमा गुड्ने सवारी साधनहरू बायाँ सर्भिस लेन र निजी,साना सवारी साधनहरू सधैँ दाहिने दुर्त लेनबाट मात्र चलाउने व्यवस्था आइतबारदेखि लागू गरेको छ ।

काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे र महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले कोटेश्वरमा एक कार्यक्रम बीच संयुक्त रूपमा रिवन काटेर यो व्यवस्थाको शुरूवात गरेका हुन् ।

कार्यक्रममा प्रहरी अधिकृत, यातायात व्यवसायी,हाँस्य कलाकार जितु नेपाल, केदार घिमिरेलगायतको उपस्थित थियो।ट्राफिक नियम सचेतनाको लागि सारङ्गी टोलीले प्रस्तुति समेत दिएका थिए ।

सडक दुर्घटना न्यूनीकरणसँगै सडकमा रहेको लेनलाई अनुशासित एवं व्यवस्थित रुपमा पालना गराउन, सवारी आवागमनलाई सहजता ल्याउन र ट्राफिक नियम पालनाको प्रवृत्ति वसाउन उक्त नियम लागू गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

नियम नमान्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले एक हजार पाँचसयसम्म जरिवाना गर्न सक्नेछ र सोभन्दा बढी भएमा यातायात व्यवस्था कार्यालयमार्फत कारबाही हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here