एसइई परीक्षा सर्न सक्ने संकेत

काठमाडौं । कोरोना भाइरसको संक्रमण जोखिमको कारण यस वर्षको कक्षा १० को एसइई परीक्षा सर्न सक्ने भएको छ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका हुन्।

‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने÷नबनाउने कुरा टुंगो लाग्छ,’ ढकालले भने।

यसका साथै सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन समेत मन्त्री ढकालले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here