तीन महिने निःशुल्क कम्प्युटर तालिम

पप्पु गुरुङ्ग, दोधारा,२ चैत । माहाकाली नगरपालिकामा निःशुल्क तीन महिने आधारभूत कम्प्युटर तालिम शुरु भएको छ ।

माहाकाली नगरपालिका कार्यालयको योजना अनुसार माहाकाली नगरपालिका वडा नं. ४ का युवा तथा युवतीहरुलाई लक्षित गरि निःशुल्क तालिम संचालन गरिएको माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले जनाए । आइतबार बिधिवतरुपमा तालिमको उद्धघाटन गरिएको छ् ।

तालिमको उद्घघाटन गर्दै माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारले बेरोजगारी युवा युवतीलाई तालिमले स्वरोजगार बन्न र आत्मनिर्भर हुन सहयोग पु¥याउने भन्दै वडा अध्यक्ष सुनारले तालिम समय सम्म अनुशासित, लगनशील र मर्यादित भई ज्ञान लिन सहभागी युवा युवतीहरुलाई आग्रह गरेका छन् ।

आर्थिक अवस्था दैनिय रहेर कम्प्युटर सिक्न नपाएका युवा युवतीहरुलाई माथी उकास्न तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै वडा अध्यक्ष सुनारले तालिमपछि युवा युवतीहरुको जीवनमा परिवर्तन हुने विश्वास व्यक्त गरेका छन् ।

साना किसान कृषी सहकारी संस्था लिमिटेड चाँदनीका अध्यक्ष रञ्जना सुनारको सभापतित्वमा संचालन भएको तीन महिने आधारभूत कम्प्युटर तालिमको उद्धघाटन सत्रका प्रमुख अतिथी माहाकाली नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी रहेका थिए । विशिष्ठ अतिथीमा माहाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भक्त बहादुर सुनार, कृषी सहकारी प्रदेश ७ का संयोजक धर्म कुँवर रहेका थिए ।

अथितीमा माहाकाली नगरपालिकाका वडा सदस्य सेतु ओड, कमिला बोहरा, भिम बहादुर सिंह, रतन पौडेल लगाएत तालिमका सहभागी तथा स्थानियहरुको सहभागिता रहेको थियो । वडाका ४० जना युवा युवतीहरु तालिममा सहभागी रहेका छन् ।

सुचना प्रविधि र विज्ञानको युगमा प्राविधिक शिक्षा अहिलेको मुख्य आवश्यकता भएको बताउदै तालिमका एक सहभागी गंगा सुनारले माहाकाली नगरपालिका वडा नं. ४ मा निशुल्क तीन महिने आधारभूत कम्प्युटर तालिम युवा युवतीको लागी निकै सकारात्मक कार्य भएको बताएका छन् । तालिमको उद्धघाटन सत्रका संचालन जेनिसा बोहराले गरेका थिए भने स्वागत मन्तब्य शान्ती शाहीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here