साताको पहिलो दिन नै शेयर बजारमा पहिरो, ६४ अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार घट्ने आज पनि जारी नै रह्यो । आइतवार नेप्से परिसूचक ६४.१३ अंकले घटेर १ हजार ३ सय १३.०४ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा ४.६६ प्रतिशत कम हो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज नेप्से परिसूचक १२.८८ अंकले घटेर २ सय ८२.६२ अंकमा झरेको छ । यो संख्या विहिबारको तुलनामा ४.३६ प्रतिशत कम हो ।

आज कारोबारमा आएका सबै समुहको सूचक घट्यो । आइतबार सबैभन्दा धेरै जीवन बिमा समुहको सूचक घट्यो । जीवन बिमाको सूचक ७.८७ प्रतिशत घट्यो ।

त्यस्तै, निर्जीवन बिमा समुहको ६.९४ प्रतिशत, ट्रेडिङ समुहको ५.२० प्रतिशत, बैकिङ्ग समुहको ४.७० प्रतिशत, लघुवित्तको ४.१९ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

आइतबार कारोबार पनि केही कमी देखिएको छ । आज १ सय ७४ कम्पनीको ५५ लाख ७० हजार ३० कित्ता शेयर २४ हजार ४१ पटक किनबेच हुँदा २ अर्ब १० करोड १४ लाख १७ हजार २ सय ९२ल रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै समुदायिक लघुवित्त वित्तीय संस्था र हिमालयन जेनेरल इन्स्योरेन्सका शेयर धनीले गुमाए । यी दुवैको शेयर मूल्य १० प्रतिशत घट्यो ।

त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, निरुढी लघुवित्त विकास बैंकको ९.९१ प्रतिशत, सपोर्ट लघुवित्त वित्तीय संस्थाको ९.९१ प्रतिशत घट्यो भने अन्य समुहको पनि राम्रै अंकले घट्यो ।

आइतवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १७ करोड ३६ लाख ९० हजार ४ सय ४९ रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here