कोरोनासँग जुध्न राहतको होडबाजी, यी हुन् धेरै घोषणा गर्ने निकाय

काठमाडौं,२ चैत । चीनबाट फैलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र नै प्रभावित बनेको छ ।

चीन हुँदै अमेरिकाको साथै यूरोपमा समेत माहामारीको रुपमा फैलिएकोे कोरोना भाइरसको औषधि वा भ्याक्सिन बनाउनको लागि उपचारको लागि राहत घोषणाको होडबाजी चलेको छ ।

पछिल्लो समय विभिन्न देशका साथै विश्व बैंक, एसियाली बैंक तथा अन्य विभिन्न संस्थाहरु राहत घोषणाको प्रतिवद्धता गरिरहेका छन् ।

यसका साथै हस्पिटल बनाउने घोषणा गर्नका साथै अन्य विभिन्न प्रकारका घोषणा पनि गरिरहेका छन् ।

सबैभन्दा धेरै सहयोग गर्ने १० निकाय

अहिलेसम्म सबैभन्दा धेरै राहत घोषणा गर्नेमा अन्तर्राष्ट्रिय मुद्रा कोष रहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले ५० अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।

यसका साथै दोस्रोमा बेलायत रहेको छ । बेलायले कोरोना भाइरसको संक्रमण रोकथामको लागि ३६ अर्ब ५७ करोड डलरको राहत घोषणा गरेको छ ।

यस्तो छ थप प्रतिवद्धताः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here