कोरोना प्रकोप: इटालीमा एकैदिन ३ सय ६८ जनाको मृत्यु

काठमाडौं, ३ चैत । चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले इटालीमा पछिल्लो २४ घण्टामा ३ सय ६८ जनाको मृत्यु भएको छ। उच्च सतर्कताकै बीच इटली एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ९ पुगेको त्यहाँको नागरिक संरक्षण प्राधिकरणले जनाएको छ। कोरोना संक्रमित संख्या २४ हजार ७ सय ४७ पुगेको अल जजिराले जनाएको छ।

त्यसैगरी इरानमा कोरोनाबाट पछिल्लो २४ घण्टामा सय भन्दा बढीको मृत्यु भएको छ भने मर्नेको संख्या ७ सय २४ जना पुगेको छ।

१४ हजार संक्रमित छन्। अर्को मुलुक स्पेनमा पनि एकैदिन ९७ मानिसको मृत्यु भएको छ । हालसम्म १ हजार ४ सय ५४ को ज्यान गइसकेको स्पेनमा कुल संक्रमित संख्या ७ हजार ८ सय ४५ छ ।

फ्रान्समा आइतबार ३६ जनाको ज्यान गएको छ । योसँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २७ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मर्नेको संख्या ६ हजार नाघेको छ भने १ लाख ५३ हजार भन्दा बढी संक्रमित छन्। १ सय ४१ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here