कोरोना भाइरस विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण

काठमाडौं, ३ चैत । कोरोना भाइरस (कोभिड १९)विरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण हुने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको सीयाटलमा सोमबार मानिसमा परीक्षण गर्न लागिएको हो ।

चीनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगाउन विकास गरिएको उक्त खोप ४५ जना अमेरिकी स्वयंसेवीहरूमा परीक्षण गरिने बताइएको छ ।

खोपले मानव शरीरमा केही असर गर्छ वा गर्दैन भन्नेबारे अध्ययन गर्न परीक्षण गर्न लागिएको हो । तर उक्त खोपले उनीहरुलाई कोरोना संक्रमण भने नहुने बताइएको छ ।

खोपको सोमबार परीक्षण गरिने भएपनि विज्ञहरुका अनुसार पुरै परीक्षण गरेर खोप तयार गर्न १ वर्ष भन्दा बढी समय लाग्न सक्छ । अमेरिकास्थित ‘द नेशनल इन्स्टिट्युट अफ हेल्थ’ले यस खोप परीक्षणका लागि खर्त उपलब्ध गराउने बताइएको छ ।

परीक्षण गर्न लागिएको भ्याक्सीनलाई नाम mRNA-1273 नामकरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here