कतारमा दुई हजार नेपाली क्‍वारेन्टाइनमा

काठमाडौं, ३ चैत । कोरोना भाइरसको जाखिमलाई ध्यानमा राखि कतार सरकारले कतारमा रहेका करिब चार हजार नेपाली कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।

कतारमा काम गर्ने नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो ।

जोखिम क्षेत्रमा परेका चारवटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारेन्टाइनमा राखेको हो । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो ।

उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । नेपाली कामदारहरुको स्वास्थ्यकर्मीले स्वास्थ्य परिक्षणसमेत गरिरहेको बताइएको छ । बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

गेटबाट बाहिर निस्कन दिइएको छैन । कम्पनीका मान्छेलाई पनि भित्र आउन दिइएको छैन ।

गत बिहीबारबाट कामदारलाई शिविर बाहिर ननिस्कन भनिएको छ । यहाँ आठ वटा भवनमा कामदारलाई राखिएको छ ।

डाक्टरले नियमित स्वास्थ्य चेकजाँच गरिरहेका छन् । उनीहरुलाई अस्पतालबाटै खानाको व्यवस्था गरिएको छ ।

कुनै पनि कामदार नभागुन भनेर सुरक्षा व्यवस्था भने कडा बनाइएको छ ।

पछिल्ला दिनमा खाडी र अरबी मुलुकहरुमा समेत कोरोनाको संक्रमण तिबरु रुपमा फैलिरहेको छ । यद्दपी इरान बाहेक अन्य मुलुकमा ज्यान भने गइसकेको छैन । कतारमा सार्वजनिक यातायात बन्द गरिएको छ ।

वायुसेवा कम्पनीहरुले सयौं उडान कटौती गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here