सुनको मूल्य बढ्यो, कति छ तोलाको ?

काठमाडौं, ३ चैत । केही दिनदेखि घट्दै आएको छापावाल सुनको मूल्य सोमबार भने बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

आइतबार प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

सोमबार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।

आइतबार प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा सोमबार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार २०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

सोमबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन ।

आज चाँदीको मूल्य प्रतितोला ७ सय ९० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here