माहाकालीको सीमानामा आवत जावत गर्न रोक

पप्पु गुरुङ्ग, दोधारा, ३ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि भारतले चारवटा बाहेक नेपालसँग जोडिएका सबै नाका बन्द गरेपछि माहाकालीको खुला सीमानामा आवत जावत गर्न रोक लगाएको छ ।

महाकाली नगरपालिकाको खुला सीमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीले भारतबाट नेपाल आउन र नेपालबाट भारत जान पुर्णरुपमा रोक लगाएको हो ।

माहाकाली नगरपालिका वडा नं. ७ र ८ नजिक रहेको भारतिय बजार मेलाघाटबाट आवत जावत ठप्प पारेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

माहाकाली नगरपालिकाबाट सदाझै भारतिय बजार जान हिडेका स्थानिय र भारतबाट नेपाल आउने ब्यापारी तथा भारतिय नागरिकहरुलाई आवत जावतमा रोक लगाएको भारतिय सीमा सुरक्षा बल एसएसबीले जनाएको छ् ।

आपतकालिन अवस्थामा बाहेक कसैलाई भारतबाट नेपाल आउन र नेपालबाट भारत जान नपाईने भारतिय सिमा सुरक्षा बल एसएसबीले जनाएको छ् ।

यस्तै माहाकाली नगरपालिकाका अन्य नेपाल–भारत खुला सिमा क्षेत्रमा स्थानियहरुलाई आवत जावत गर्न रोक लगाउने तयारी भईरहेको समाचार श्रोतको भनाई रहेको छ् ।

भारतको मेलाघाट बजार हुदै जाने भारतिय र नेपाली नागरिकहरुलाई भारतिय सुरक्षाकर्मीहरुले आवत जावतमा रोक लगाएको स्थानियहरुले बताएका छन् ।

भारतको गृहमन्त्रालयका अधिकारीहरुलाई उद्धृत गर्दै बाहिर आएका समाचार अनुसार भारत सरकारले नेपाल संग सिमाना जोडिएका रक्सौल, सुनौली, रानीगञ्ज र बनबासा बाहेकका सबै नाकाहरु बन्द गर्ने भएपछि सिमा क्षेत्रमा आवत जावत गर्न रोक लगाउन सुरु गरिएको बताईएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here