किन छैन यो बिरालोको शरीरमा एउटा पनि रौँ ?

काठमाडौं । स्विजरल्याण्डको रुटी सहरमा रहेको Xherdan नामको बिरालोको शरीरमा एउटा पनि रौं छैन् । देख्दा डरलाग्दो रहेको यो बिरालो एउटा दुर्लभ रोगको शिकार बनेको छ ।

यो बिरालोको शरीरका छालाहरु दिन प्रतिदिन मुज्जा (चाउरी) पर्दै गएको छ । जसको कारण बिरालोको शरीर नै कुरुप देखिएको छ ।

४७ वर्षीय सान्ड्रा फिलिप नामकी महिलाले पालेकी उक्त बिरालो सान्ड्रा संसारकै सबैभन्दा सुन्दर लाग्ने बताउछिन् ।

तर, मानिसहरु उसलाई अर्कै ग्रहबाट आएको एलियनको नाम बोलाउने गरेको पनि सान्ड्रा बताउछिन् । जुन शब्द उनलाई पटक्कै मन पर्दैन् ।

यो बिरालो सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि निकै लोकप्रिय छ । Xherdan को इन्स्टाग्राममा २२ हजार भन्दा धेरै फलोअर्स रहेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here