एन आई सी एशियाका ग्राहकलाई हायात होटलमा १५ प्रतिशत छुट

काठमाडौं, ३ चैत । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी छ ।

उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशत सम्म छुट पाउनेछन् ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here