शेयर बजारमा सुधार, नेप्से साढे ३ अंकले बढ्दा साढे १ अर्बको कारोबार

काठमाडौं, ३ चैत । साताको पहिलो दिन ठूलो अंकले घटेको शेयर बजार बजारमा सोमबार भने केही सुधार देखिएको छ । आज नेप्से परिसूचक ३.३५ अंकले बढेर १ हजार ३ सय १६.३९ अंकमा पुगेको छ ।

सोमबार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखियो । आज सेन्सेटिभ इन्डेक्स ०.५० अंकले बढेर २ सय ८३.१२ अंकमा पुगेको छ ।

सोमबार कारोबारमा आएका मध्ये होटल, उत्पादन तथा प्रशोधन र सामुहिक लगानी कोष बाहेक अन्य सबै समुहको सूचक बढ्यो । सबैभन्दा उत्पादन तथा प्रशोधन समुहको सूचक घट्यो । उत्पादन तथा प्रशोधन समुहको सूचक १.९४ प्रतिशत घट्यो । त्यस्तै, समुहिक लगानी कोषको १.१२ प्रतिशत र होटल समुहको ०.५० प्रतिशत घट्यो ।

सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको सूचक १.०९ प्रतिशत बढ्यो । त्यस्तै, निर्जीवन बिमा समुहको ०.९६ प्रतिशत, जीवन बिमाको ०.६७ प्रतिशत बढ्यो ।

सोमबार कारोबारमा भने कमी आएको छ । आइतबार २ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज १ अर्ब ६१ करोड ५३ लाख ४१ हजार ८ सय ७७ रुपैयाँ बराबरको कारोबार भयो ।

सोमबार सबैभन्दा धेरै सिभिल लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कामए । लघुवित्तको शेयर मूल्य ९.८८ प्रतिशत बढ्यो । त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको ८.१७ प्रतिशत, मितेरी विकास बैंकको ७.२१ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनिलिभर नेपालमा शेयर धनी छन् । यूनिलिभरको शेयर मूल्य ५.८७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here