नयाँ बर्षमा टेलिकमको यस्तो अफर, २ सय रुपैयाँमा २ सय मिनेट कल, २ सय ओटै एसएमएस

काठमाडौं । नेपाल टेलिकमले नयाँ बर्षका लागि विशेष अफर ल्याएको छ । नयाँ वर्ष अफर २०७६ मा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ ।

सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।

उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्यास मा डायल गर्नु पर्ने उनले बताइन् । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here