अमेरिकी आइडलमा दिवेशको उत्साहजनक प्रस्तुती

काठमाडौं । ‘अमेरिकन आइडल’ मा छनोट भएका काठमाडौंका दिवेश पोखरेल अर्को उत्साहजनक प्रस्तुती दिएका छन् ।

अमेरिकी च्यानल ‘एबिसी’बाट प्रसारण पहिलो श्रृंखला छनोटसँगै चर्चामा आएका उनको यस प्रस्तुतीले पनि जज र उपस्थित दर्शकहरुको मन जितेका छन् ।

नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरुलाई आश्चर्यमा पार्छन् ।

यसरी प्रस्तुती पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनि उनलाई अझै गाइरहन भन्छन् ।

जसकारण उनले थप केहीबेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरुको मन रिझाउन सफल भएको बताएका छन् ।

आर्थर गनका उपनामले गाउँदै आएका २० वर्षका पोखरेल करिव ६ वर्षअघि अमेरिका गएका थिए ।

उनी आफ्ना बुबा–आमासहितको परिवारमा क्यान्सस राज्यको विचिटामा बस्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here