नेपाल-भारत सीमावर्ती बजार आवत जावतमा कडाइ

पप्पु गुरुङ्ग, दोधारा, ४ चैत । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि माहाकाली नगरपालिकाको सीमावर्ती बजार बाहेक अन्य स्थानमा आउने जाने सबैलाई रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) सर्न सक्ने भन्दै माहाकाली नगरपालिकाका नेपाल–भारत खुला सीमानामा आवात जावतमा भारतिय सीमा सुरक्षा बल एसएसबीले कडाई गर्न थालेको स्थानियहरुले बताएका छन् ।

नेपाल–भारतको सीमावर्ती बजारमा बाहेक टाढाबाट आउने जानेलाई पूर्णरुपमा रोक लगाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले जनाएको छ् ।

माहाकाली नगरपालिका वडा नं. ७ र ८ नजिक रहेको भारतिय बजार मेलाघाटबाट आवागमनमा भारतिय सुरक्षाकर्मीले ठप्प पारेको हो ।

यस्तै माहाकाली नगरपालिका वडा नं. १० कुतियावकरबाट भारत जान समेत रोक लगाएको खबर प्राप्त भएको छ् । कोरोना भाइरस (कोभिड–१९) ले माहामारीकोरुप लिन लागेको भन्दै सिमा क्षेत्रमा आवागमनमा रोक लगाईएको भारतिय सिमा सुरक्षा बल एसएसबीले जनाएको छ् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक रामसिंह भण्डारीले सिमावर्ती बजार बाहेक अन्य स्थानमा आउने तथा जानेहरुका लागी भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको जनाएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संत्रास फैलिएपछि सदाझै भिडभाड रहने सीमावर्ती भारतिय नगरा बजार, मेलाघाट तथा खटिमा बजारहरुमा चहल पहलमा कमी आएको भारतिय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

उता माहाकाली नगरपालिका कार्यालयले महाकाली झोलुङ्गे पुल, वडा नं. १ को नेपाल–भारत सिमा क्षेत्रमा रहेको पशुपती टोलमा कोरोना भाइरस (कोभिड–१९) हेल्थ डेष्क स्थापना गरि चेक जाँच र परार्मश दिदै आएको माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा माहाकाली नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले जानकारी दिएका छन् ।

विश्वलाई आर्तकित गर्ने कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागी माहाकाली नगर क्षेत्रमा बिभिन्न जनचेतनामुलक कार्यक्रम गर्ने तयारी भईरहेको माहाकाली नगर प्रबक्ता सिजालीको भनाई रहेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here