भारतको प्रमुख पर्यटकीय गन्तव्य ताजमहल बन्द

काठमाडौं, ४ चैत । भारतको ताज महल बन्द भएको छ । कोरोनाको त्रास बढेपछि भारतको संस्कृति मन्त्रालयले संक्रमण रोक्न ताज महल बन्द गर्ने निर्णय गरेको हो ।

ताजमलहको अनुगमनका लागि दैनिक आउने हजारौं मानिसबाट कोरोनाको संक्रमण फैलिने खतरा बढेपछि यस्तो निर्णय लिएको मन्त्रालयले जनाएको छ ।

प्रेमको प्रतिकको रुपमा रहेको भारतको प्रख्यात पर्यटकीय गन्तव्य ताज महलसँगै भारतका अरु ठूला संग्राहलय तथा पर्यटकीय केन्द्रहरु बन्द गरिएका छन् ।

भारतमा अहिलेसम्म कम्तिमा १२५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here