अण्डर १९ विश्वकप छनोट, नेपालद्धारा सिंगापुर फराकिलो अन्तरले पराजित

काठमाडौं, २९ चैत । १९ वर्ष मुनीको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फरालिको अन्तरले हराएको छ । मलेसियामा जारी प्रतियोगितामा सिंगापुरले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।
नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर २८२ रनको विशाल योगफल खडा गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर ३१ ओभरमा मात्र ६५ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि ब्याटिङतर्फ कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे । उनी शतक प्रहार गर्नबाट चुकेका छन् ।

बलिङतर्फ नेपालका लागि पवन सर्रापले तीन विकेट लिए । कौशल मल्ल र सूर्य तामानले २÷२ विकेट झारे । रसिद खानको नाममा एक विकेट रह्यो । एसिया क्षेत्रको यस प्रतिस्पर्धामा ६ टोली प्रतिस्पर्धा गरिरहेका छन् । शिर्ष स्थानमा रहने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले अब दोस्रो खेल शनिबार यूएईविरुद्ध खेल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here