एकैदिन दुई हजार रुपैयाँ घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं, ४ चैत । सोमबार बढेको सुनको मूल्य मंगलबार पुन प्रतितोला २००० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला ७७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार २००० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला २००० रुपैयाँ नै घट्यो । सोमबार प्रतितोला ७७ हजार २०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रबार २००० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार २०० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ८० रुपैयाँ घट्यो ।

सोमबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज ८० रुपैयाँ घट्दै प्रतितोला ७ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here