काठमाडौंका यी स्थानमा लगातार ४ दिन बत्ती नहुने

काठमाडौं, ४ चैत । काठमाडौं उपत्यकाका केही स्थानमा लगातार ४ दिन बत्ती नहुने भएको छ।

जोरपाटी वितरण केन्द्रको गोठाटार फिडरको कन्डक्टर अपग्रेडिगं कार्य गर्नुपर्ने भएकोले ४,५ ,६ र ७ गते विहान ९ बजेबाट साँझ ४ बजेसम्म सट डाउन हुने भएको हो।

बत्ती नहुने स्थानहरु फोर्सपार्क, वीरेन्द्रचोक, गान्धीमोड, हात्तिडाडा र एयरपोर्ट पछाडिलगायतका क्षेत्रमा मंगलबार, बुधबार, बिहीबार र शुक्रबार दिनभर बिजुली जाने भएको हो।

उक्त फिडरअन्तर्गत बिजुली सप्लाइ लिएका क्षेत्रहरुका ग्राहकलाई असर पर्ने भएको हो। उक्त कार्य निर्धारितसमय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here