एकपटक कोरोना देखिएर पनि थप नयाँ संक्रमण नदेखिएको विश्वकै एकमात्र देश नेपाल

काठमाडौं । चीनको वुहान राज्यबाट सुरु भएको कोरोना भाइरस भनिने कोभिड–१९ को सङ्क्रमणले अहिले विश्वव्यापी समस्या बन्दै गएको छ । अहिलेसम्म विश्वका एक सय ६२ देशहरुमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ ।

यसका साथै यी सबैमध्ये नेपालमा मात्रै यस्तो देश हो जहाँ कारोना देखिएका शत प्रतिशत बिरामी निको भइसकेका छन् भने थप व्यक्तिमा कोरोना देखिएको छैन ।

यसको कारण नेपाल नेपाल मात्र हरियो सूचीमा परेको छ ।

विश्वभर अहिलेसम्म एक लाख ८२ हजार सात सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसको कारण सात हजार एक सय ७४ जनाको ज्यान गएको छ भने ९५ हजार सात सय ६ जनाले उपचार गराइरहेका छन् । ७९ हजार आठ सय ८४ जना निको भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को अनुसार ७९ हजार आठ सय ८४ जनामध्ये नेपालमा सङ्क्रमण देखिएका एक जना पनि निको भइसकेका छन् ।

नेपालमा अहिलेसम्म दोस्रो व्यक्तिमा सङ्क्रमण देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here