एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति सीईओको लागि अयोग्य !

काठमाडौं, ४ चैत । बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक सेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओ बन्न नपाउने भएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा अर्थमन्त्री अर्थमन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।

छलफलको क्रममा एक प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सीईओ बन्न अयोग्य मान्नुपर्ने बताए ।

अर्थमन्त्री खतिवडाले कुनै पनि व्यक्ति सीईओ बन्नको लागि दोस्रो बजारबाट खरिद गरेको साधारण सेयरसमेत खुलाउनुपर्ने जानाकारी दिए ।

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गर्न लागेको बताए ।

त्यस्तै बैठकमा बिमा कम्पनीहरूलाई लघुबिमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here