प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ राख्ने प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं, ४ चैत । प्रदेशको २ को नाम ‘जानकी प्रदेश’ राख्ने नेकपाले प्रस्ताव गरेको बहुमतले अस्वीकृत भएको छ ।

मंगलबार भएको मतदान प्रक्रियाबाट नेकपाको उक्त प्रस्ताव बहुमतले खारेज भएको हो । मतदानमा जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ ।

नेकपाको प्रस्ताव अस्वीकृत भएपछि अब कांग्रेसले ल्याएको प्रस्ताव ‘मिथिला भोजपुरा’ को लागि मतदान हुनेछ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।

गोप्य मतदान प्रक्रियाबाट नाम टुंग्याउन प्रदेशसभा अघि बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here