काठमाडौं, ४ चैत । केही समयदेखि निरन्तर बढ्यो क्रममा रहेको बिमा कम्पनीको शयेर मूल्य घट्न थालेको छ । मंगलवार र्निजीवन बिमा कम्पनीको शेयर मूल्य ५.९९ प्रतिशत घट्यो भने जीवन बिमा समुहको ५.८२ प्रतिशत घट्यो ।
त्यस्तै, ट्रेडिङ समुहको ६.८ प्रतिशत, उत्पादन तथा प्रशोधन समुहको ४.३७ प्रतिशत, लघुवित्त समुहको ४.३४ प्रतिशत, होटल समुहको ३.३८ प्रतिशत घट्यो भने सामुहिक लगानी कोष समुहको ०.४६ प्रतिशत बढ्यो ।
मंगलबार नेप्से परिसूचक ४४.३३ अंकले घटेर १ हजार २ सय ७२.०६ अंकमा झरेको छ । यो संख्या सोमबारको तुलनामा ३.३७ प्रतिशत कम हो ।
मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ८.५३ अंकले घटेर २ सय ७४.५९ अंकमा झरेको छ ।
मंगलबार कारोबारमा पनि कमी आएको छ । आज १ सय ७५ कम्पनीको ४३ लाख ६७ हजार ७ सय ७५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ५१ लख ८४ हजार ६ सय ५६ रुपैयाँ बराबरको कारोबार भयो ।
मंगलबार सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपर्सका शेयर धनीले कमाए । हाइड्रोपावरको शेयर मूल्य ७.६३ प्रतिशत बढ्यो । अन्य कम्पनीको भने सामान्य अंकले बढ्यो ।
सबैभन्दा धेरै गुमाउनेमा सिदार्थ इन्स्योरेन्सका शेयर धनी छन् । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत घट्यो । त्यस्तै, नेपाल शिव लघुवित्त वित्तीय संस्थाको ९.९८ प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९३ प्रतिशत घट्यो ।
मंगलबार सबैभन्दा धेरै कारोबार गर्नेमा एनआइसी एसिया बैंक रहेको छ । बैंकले १० करोड ७ लाख १ हजार ९ सय ६२ रुपैयाँ बराबरको कारोबार गर्यो ।