एसईई परीक्षा तोकिएकै समयमा हुने

काठमाडौं । यस वर्षको कक्षा १० एसईई परीक्षा तोकिएकै समयमा हुने भएको छ ।

विश्वव्यापी रुपमा कोरोनाको त्रास बढ्दै गर्दा एसईई परीक्षा सर्न सक्ने बताइएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका अनुसार परीक्षा सञ्चालनको लागि सबै तयारी पूरा भएको कारण परीक्षा तोकिएकै समयमा सञ्चाल हुनेछ ।

चैत ६ देखि १७ गतेसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् भने परीक्षाको लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ ।

यसका साथै पर्याप्त मात्रामा सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने समेत मन्त्री पोखरेलले बताएका छन् ।

साथै, परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि अपील गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here