युरो कप स्थगित

काठमाडौं, ४ चैत । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभावका कारण युरोपियन च्याम्पियनसिप (युरो २०२०) स्थगित भएको छ । नर्वेजियन फुटबल संघको अनुसार अर्को वर्षसम्मका लागि प्रतियोगिता स्थगित गरिएको हो।

जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको युरोपियन फुटबलको ठूलो लिग स्थगित भएको हो । युरोकपका लागि अहिले क्‍वालिफायर्स लिगहरु भइरहेका छन् ।

प्रतियोगिता आगामी जुन १२ बाट युरोपका १२ सहरमा आयोजना हुने तय भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here