डेपुटी गभर्नर सिवाकोटी कामू गभर्नर

काठामाडौं ४, चैत । वरिष्ठ डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले कामू गभर्नरको जिम्मा पाएका छन् । मंगलबार अर्थमन्त्रालयले उनलाई कामू गभर्नरको जिम्मेवारी दिदै पत्र थमाएको हो ।
गभर्नर चिरन्जिवी नेपालको पाँच वर्षे कार्यकाल सकिए लगत्तै सिवाकोटीले कामू गभर्नरको जिम्मा पाएका हुन । बुधबार देखि गभर्नर नेपालको कार्यकाल सकिदै छ । सरकारले अर्को व्यवस्था नभएसम्मका लागि सरकारले कामू गभर्नरको जिम्मा सिवाकोटीले पाएका हुन ।

चैत ५ देखि कामू गभर्नरको जिम्मेवारी सम्हाल्ने गरी अर्थमन्त्रालयको पत्र प्राप्त भएको डेपुटी गभर्नर सिवाकोटीले स्वीकार गरे । गभर्नरको कार्यकाल पाँच वर्षको हुन्छ ।

नयाँ गभर्नरका लागि सरकारले सिफिारिस समिति गठन गर्नुपर्छ । सोही समितिले तीन जनाको नाम सिफारिस गर्छ । सिफारिस भएका नाममध्येबाट एकजनालाई सरकारले गभर्नर नियुक्ति गर्छ । अहिले नयाँ गभर्नर नबन्दासम्मका लागि सिवाकोटीलाई कामू दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here